सौर्य एयरलाइन्सको जहाजको ब्ल्याक बक्स भेटियो
बुधबार, ०९ साउन २०८१, २२ : ०३
काठमाडौँ । बुधबार त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलको धावनमार्ग नजिकै दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजको ब्ल्याक बक्स भेटिएको छ । उद्धारकर्ताहरुले फेला पारेको उक्त ब्ल्याक बक्स आफूसँग सुरक्षित रहेको नेपाल नागरिक उड्ययन प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।
ब्ल्याक बक्स भेटिनुका साथै जहाजका पाइलट मनिषरत्न शाक्यसमेत खतरामुक्त रहेकाले दुर्घटनाको कारण पत्ता लगाउन सहज हुने अधिकारीहरुको विश्वास छ । प्राधिकरणले ब्ल्याक बक्स सरकारद्वारा गठित जाँचबुझ आयोगका प्रतिनिधिलाई बिहीबार नै बुझाउने तयारी गरेको छ।
मन्त्रिपरिषद् बैठकले बुधबार साँझ प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लालको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । बुधबार पोखराका लागि उडेको सो जहाज दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण