स्रोत नखुलेको १८ लाख बरामद गर्दा राष्ट्रिय अनुसन्धानका सूचकमाथि आक्रमण
काठमाडौँ । बाँकेको जमुनाह भन्सार चेकपोस्ट नजिकैबाट स्रोत नखुलेको रकम बरामद गर्दा राष्ट्रिय अनुसन्धान विभागका सूचकमाथि आक्रमण भएको छ । बुधवार साँझ नेपालगन्ज उपमहानगरपालिका–१५ बाट सूचक अर्जुन खड्काले १८ लाख बरामद गरेका हुन् ।
तर, बरामद रकम नेपालगन्ज–४ स्थित ‘एसएन ब्लु गेमिङ क्लब’का महाप्रबन्धक अर्जुन खनालले चेकपोस्टमा खटिएका प्रहरीकै सामुन्ने खोसेर लगेको आरोप छ । नगद खोसेर लिएपछि क्यासिनोका महाप्रबन्धक खनाल सहितको समूहले सूचकलाई कुटपिट गरेका छन् । आक्रमणमा नेकपा एमाले बाँकेका उप–सचिव किशोर थापा पनि संलग्न रहेको आरोप छ । उनीहरुले सूचकलाई बोतल र फलामको कुर्सी प्रहार गरेका हुन् ।
सूचक खड्काको टाउकोमा ११ वटा टाँका लगाइएको छ । कुटपिटमा संलग्न खनाललाई नियन्त्रणमा लिइएको बाँकेका एसपी तुलबहादुर कार्कीले रातोपाटीलाई बताए । एसपी कार्कीले भने– ‘आक्रमणमा चार–पाँच जना संलग्न रहेछन्, उनीहरूबारे अनुसन्धान हुँदै छ ।’
बरामद रकमबारे आफूलाई जानकारी नभएको एसपी कार्कीले बताए । उनले भने– ‘रकमबारे मलाई थाहा भएन ।’ क्यासिनो सञ्चालकले सो रकम भारतबाट नेपालतर्फ ल्याएका हुन् । नेपालगन्ज उपमहानगरपालिका–४ स्थित न्युरोडमा रहेको कालपत्रु होटलमा क्यासिनो ‘एसएन ब्लु गेमिङ क्लब’ सञ्चालनमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण