कस्तो छ घाइते पाइलट शाक्यको पछिल्लो स्वास्थ्य अवस्था ?
काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था ‘खतरामुक्त’ भई बोल्न र झोलिलो पदार्थ खान सक्ने भएका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरलाइन्सको ९–एनए एमई विमान दुर्घटनामा परेका शाक्यको उपचार सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा भइरहेको हो ।
अस्पतालका एक अधिकारीका अनुसार शरीरमा जलन नभए पनि भित्री चोटहरू देखिएका छन् । ‘उहाँको ढाडको हड्डी दुई वटा ठाउँमा भाँचिएको छ, जसलाई ढाडको लम्बर भन्छौँ । त्यसको अप्रेसनपछि गर्नुपर्ने भनिएको छ ।’ उनी थप भन्छन्, ‘सीटीस्कानबाट हड्डी भाँचिएको देखिएको थियो, त्यसबारे के गर्ने हो भन्ने विषयमा सम्बन्धित डाक्टरसँग समन्वय गर्छौँ ।’
शाक्यको शरीरमा थप जटिलता पहिचान गर्नका लागि आज एमआरआई गर्ने ती अधिकारीले बताए । शाक्यलाई अस्पतालको न्युरो सर्जरी आइसियुमा राखिएको छ ।
उनसँग हाल कसैलाई भेट्न दिइएको छैन । शाक्यको परिवारबाट श्रीमती, आमा र बुवा हिजो नै अस्पताल आइपुगेको ती अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण