राजश्व अनुसन्धान विभागको एक्सन
राजश्व अनुसन्धान विभागद्वारा ७ जनाविरुद्ध ३ करोड ५० लाख बिगोसहित मुद्दा दायर
बिहीबार, १० साउन २०८१, १७ : ००

काठमाडौँ । राजश्व अनुसन्धान विभागले राजस्व छल्ने ७ जनाविरुद्ध साढे ३ करोड रुपैयाँ भन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । विभागले प्रतिवादीहरू गणेशदत्त बडू, दिनेश खरेल, अमोल विठ्ठल विभूते, ऋषिकेश प्रकाश विभूते, भरतराज खरेल र आयुष बड्डु तथा कानुनको विवादमा परेका एक बालकसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
उनीहरुले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ विपरीत काम गरी ऐनको दफा ४ (छ) बमोजिमको कसुर गरेको पुष्टि भएको थियो । सोही कसुरमा ७ जनाविरुद्ध ३ करोड ५० लाख १५ हजार ५४१ बिगो कायम गरी मुद्दा दायर गरिएको हो ।
प्रतिवादीहरूलाई ऐनको दफा २३ (१) बमोजिम जरिवाना तथा दफा २३ (१) (ख) बमोजिम कैद सजाय समेतको मागदावी गरी उच्च अदालत पाटनमा र काठमाडौँ जिल्ला अदालतमा अभियोग दायर गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेबिज लागेर एक जनाको मृत्यु
-
‘मानिसहरूमा मानवता हराएजस्तो देखियो’
-
बेन्जेमाको अल–ईत्तिहादले रोनाल्डोको अल–नासरलाई हरायो
-
म्याद थपपछि त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणको काम धमाधम (तस्बिरहरू)
-
जित्नैपर्ने दबाबबिच आपसमा भिड्दै दिल्ली र पञ्जाब
-
दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची