स्रोत नखुलेको ४ लाखभन्दा बढी रुपैयाँसहित भारतीय नागरिक पक्राउ
रौतहट । रौतहटको सदरमुकाम गौरमा सशस्त्र प्रहरीसहित संयुक्त टोलीले स्रोत नखुलेको ४ लाखभन्दा बढी रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
गौर नगरपालिका २ भन्सार इलाकामा प्रस्तावित सीमा सुरक्षा गुल्म गौरका प्रमुख डिएसपी राजेश कुमार श्रेष्ठको कमान्डमा सशस्त्र बल नेपाल र नेपाल प्रहरीको भन्सार सुरक्षा गार्डको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० एसी ७९१४ नम्बरको मोटरसाइकल चेक जाँच गर्दा मोटरसाइकलको भाइजर भित्र लुकाएको ४ लाख ४० हजार रुपैयाँ बरामद भएको हो ।
मोटरसाइकल चालक भारत बिहार जिल्ला सीतामढी बैरगनिया -८ असोगी टोल बस्ने वर्ष ४७ को प्रदीप कुमार वर्मालाई हिरो स्प्लेन्डर मोटरसाइकलसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताएका छन् । पक्राउ परेका वर्मालाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा श्रेष्ठ नियुक्त
-
महत्त्वपूर्ण क्षेप्यास्त्र भण्डार अभावको जोखिममा अमेरिका
-
बालेनसँगकाे छलफलदेखि उठेका विभिन्न प्रश्नबारे रवि लामिछानेले के भने ?
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण