नेपाल राष्ट्र बैंकको बोर्ड बैठकबाट मौद्रिक नीति पारित
काठमाडौँ । नेपाल राष्ट्र बैंक सञ्चालक समिति (बोर्ड) ले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति पारित गरेको छ । मौद्रिक नीतिको सन्दर्भमा शुक्रवार बिहान बसेको बोर्ड बैठकले प्रस्तावित आर्थिक वर्षको मौद्रिक नीति अनुमोदन गरेको हो ।
योसँगै राष्ट्र बैंकले केही बेरमा औपचारिक कार्यक्रम गर्दै आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछ । सवा १२ बजे राष्ट्र बैंकमार्फत नै मौद्रिक नीति सार्वजनिक गरिने प्रवक्ता डिल्लीराम पोखरेलले जानकारी दिए ।
राष्ट्र बैंकको आधिकारिक अनलाइन पोर्टलबाटै मौद्रिक नीति सार्वजनिक हुने भए पनि औपचारिकताका लागि मौद्रिक नीतिका सन्दर्भमा राष्ट्र बैंकले पत्रकार सम्मेलन गर्ने तयारी गरेको हो । चालु आर्थिक वर्षको वित्त नीति अर्थात् सरकारको बजेटले ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ ।
उक्त लक्ष्यलाई सघाउने गरी कर्जा लगानी र उत्पादनमा केन्द्रित गर्ने गरी खुकुलो मौद्रिक नीति लिएको राष्ट्र बैंकले जनाएको छ । खासगरी आर्थिक शिथिलताका कारण खस्किएको निजी क्षेत्रको आत्मबल फर्काउने र बैंकहरूको कर्जा लगानी सहजीकरण गर्ने गरी मौद्रिक नीतिले नीतिगत दरहरूलाई समयसापेक्ष परिमार्जन गरिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण