राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गनिर्देशनलाई लचिलो बनायो
शुक्रबार, ११ साउन २०८१, १२ : ५४
काठमाडौँ । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रमा देखिएको शिथिलतालाई न्यूनीकरण गर्ने लक्ष्यसहित आगामी वर्षको मौद्रिक नीति ल्याएको छ । यो दुई वर्षको अवधिमा कर्जा प्रवाहको स्थितिलाई केलाउँदै अर्थतन्त्र चलायमान बनाउनका लागि लचिलो नीति लिएको गभर्नर महाप्रसाद अधिकारीले बताए ।
उनले चालू पुँजी कर्जा मार्गनिर्देशनलाई विश्लेषण गरेर कर्जा समायोजन गर्नुपर्ने व्यवस्थालाई यही साउन १ गतेदेखि लागू हुने गरी समयावधि थप गरिएको छ । साना तथा मझौला उद्योगलाई तोकिएको १ करोडको सीमा पुनरावलोकन भएको छ ।
कृषि र स्वदेशी कच्चा पदार्थमा आधारित साना उद्योगलाई प्रवाह हुने कर्जामा आधार दरमा २ प्रतिशतभन्दा बढी प्रिमियम थपेर ब्याज तय गर्न नसक्ने व्यवस्थामा सहजीकरण गर्ने पुनरावलोकन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण