बैंक तथा वित्तीय कम्पनीको पुँजी कोषसम्बन्धी व्यवस्था परिमार्जन हुने
शुक्रबार, ११ साउन २०८१, १३ : ०२

काठमाडौँ । मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरुको तोकिएको पुँजी कोषसम्बन्धी व्यवस्था परिमार्जन गर्ने भएको छ । क्यापिटल एडुक्रेशी फ्रेमवर्क २०१५ अनुसार बैंक तथा वित्तीय संस्थाहरुले अनिवार्य ११.५ प्रतिशत पुँजी कोष पुर्याउनुपर्ने व्यवस्था गरेको थियो ।
तर, चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत अन्तर्राष्ट्रिय व्यवस्था बमोजिम यस्तो पुँजी कोषको व्यवस्था परिमार्जन गरिने गभर्नर महाप्रसाद अधिकारीले बताए ।
यस्तै मौद्रिक नीतिको फ्रेमवर्क हाल बैंकहरुले तय गर्दै आएको कस्ट अफ फन्ड (आधार दर) गणना गर्ने विधि समेत परिमार्जन गर्ने जनाएको छ । मौद्रिक प्रसार संयन्त्रलाई प्रभावकारी बनाउन एवम् कर्जाको ब्याजदरमा प्रतिस्पर्धा कायम गर्न विद्यमान आधारदरसम्बन्धी व्यवस्था सम्बन्धमा अध्ययन गरिनेछ गभर्नर अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने