बैंक तथा वित्तीय कम्पनीको पुँजी कोषसम्बन्धी व्यवस्था परिमार्जन हुने
शुक्रबार, ११ साउन २०८१, १३ : ०२
काठमाडौँ । मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरुको तोकिएको पुँजी कोषसम्बन्धी व्यवस्था परिमार्जन गर्ने भएको छ । क्यापिटल एडुक्रेशी फ्रेमवर्क २०१५ अनुसार बैंक तथा वित्तीय संस्थाहरुले अनिवार्य ११.५ प्रतिशत पुँजी कोष पुर्याउनुपर्ने व्यवस्था गरेको थियो ।
तर, चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत अन्तर्राष्ट्रिय व्यवस्था बमोजिम यस्तो पुँजी कोषको व्यवस्था परिमार्जन गरिने गभर्नर महाप्रसाद अधिकारीले बताए ।
यस्तै मौद्रिक नीतिको फ्रेमवर्क हाल बैंकहरुले तय गर्दै आएको कस्ट अफ फन्ड (आधार दर) गणना गर्ने विधि समेत परिमार्जन गर्ने जनाएको छ । मौद्रिक प्रसार संयन्त्रलाई प्रभावकारी बनाउन एवम् कर्जाको ब्याजदरमा प्रतिस्पर्धा कायम गर्न विद्यमान आधारदरसम्बन्धी व्यवस्था सम्बन्धमा अध्ययन गरिनेछ गभर्नर अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण