समस्याग्रस्त सहकारीका बचतकर्ताको ५ लाखसम्म फिर्ता गर्न राष्ट्र बैंकले सहजीकरण गर्ने
शुक्रबार, ११ साउन २०८१, १३ : ३१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सहकारीको बचत रकम फिर्ता गराउन सरकारलाई सहजीकरण गर्ने भएको हो । आज मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले सो कुराको जानकारी दिएका हुन् ।
नेपाल सरकारको २०८१/८२ को बजेट वक्तव्यमा उल्लेख भए बमोजिम बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि समस्गाग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारको सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा रु. ५ लाखसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था कार्यान्वयनको लागि नेपाल सरकारलाई सहजीकरण गरिने मौद्रिक नीतिमा जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्षदेखि चिकित्सकको पर्खाइमा सर्पदंश उपचार केन्द्र
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित