गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो : कमल थापा
भक्तपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भएको बताएका छन् । राप्रपा नेपाल भक्तपुर जिल्ला समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अब गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयताको ढिला नगरी विकल्प खोज्ने बेला आएको बताएका हुन् ।
थापाले अहिलेको राज्य व्यवस्थाले मनपरीतन्त्र र लुटतन्त्रलाई प्रश्रय दिएको टिप्पणी गरे । व्यक्ती परिवर्तन गरेर समस्याको समाधान नहुने भन्दै उनले बाटो परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
ड्राइभर फेरेर, बस परिवर्तन गरेर अहिलेको समस्या नहुने बाटो नै परिवर्तन गर्नुपर्ने भन्दै थापाले अहिले मुलुकमा चलिरहेको बेथिति र विकृतिको अन्त्य गर्न राप्रपा नेपालले अवलम्बन गरेको मार्गचित्र अनुसार मुलुकलाई अघि बढाउनु पर्ने जिकिर गरे ।
बेरोजगारी समस्या, धर्मपरिवर्तन, आर्थिक मन्दी, भ्रष्टाचारलगायतका समस्या समाधान नगरी मुलुकले सही गति लिन नसक्ने भन्दै थापाले विदेशी प्रभाव र दबाबले मुलुकको स्वाभिमान कमजोर भएको समेत बताए । पार्टी संगठनलाई बलियो बनाउन जनताको माझमा जानुपर्ने भन्दै उनले संगठन सुदृढीकरण अभियानलाई उच्च प्राथमिकतामा राखी काम गर्न निर्देशन दिए ।
प्रशिक्षण कार्यक्रममा डाक्टर विष्णु भण्डारी र राजाराम बर्तौला ‘चुनेली’ ले समेत प्रशिक्षण दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण