गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो : कमल थापा

भक्तपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भएको बताएका छन् । राप्रपा नेपाल भक्तपुर जिल्ला समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अब गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयताको ढिला नगरी विकल्प खोज्ने बेला आएको बताएका हुन् ।
थापाले अहिलेको राज्य व्यवस्थाले मनपरीतन्त्र र लुटतन्त्रलाई प्रश्रय दिएको टिप्पणी गरे । व्यक्ती परिवर्तन गरेर समस्याको समाधान नहुने भन्दै उनले बाटो परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
ड्राइभर फेरेर, बस परिवर्तन गरेर अहिलेको समस्या नहुने बाटो नै परिवर्तन गर्नुपर्ने भन्दै थापाले अहिले मुलुकमा चलिरहेको बेथिति र विकृतिको अन्त्य गर्न राप्रपा नेपालले अवलम्बन गरेको मार्गचित्र अनुसार मुलुकलाई अघि बढाउनु पर्ने जिकिर गरे ।
बेरोजगारी समस्या, धर्मपरिवर्तन, आर्थिक मन्दी, भ्रष्टाचारलगायतका समस्या समाधान नगरी मुलुकले सही गति लिन नसक्ने भन्दै थापाले विदेशी प्रभाव र दबाबले मुलुकको स्वाभिमान कमजोर भएको समेत बताए । पार्टी संगठनलाई बलियो बनाउन जनताको माझमा जानुपर्ने भन्दै उनले संगठन सुदृढीकरण अभियानलाई उच्च प्राथमिकतामा राखी काम गर्न निर्देशन दिए ।
प्रशिक्षण कार्यक्रममा डाक्टर विष्णु भण्डारी र राजाराम बर्तौला ‘चुनेली’ ले समेत प्रशिक्षण दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौथाइवाले ढुक्क भएर फर्किए स्वदेश, मुख्य चासो भारतको सुरक्षा
-
व्यवस्था बदलियो, अवस्था बदलिएन : उपेन्द्र यादव
-
महिला फुटबल टिमले महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ : मेयर लामा
-
सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक, त्यही अनुसार बजेट आउनुपर्छ : अध्यक्ष ढकाल
-
भौतिक पूर्वाधारको नीति तथा कार्यक्रम पुरानै निरन्तरता
-
नीति तथा कार्यक्रमबारे स्वर्णिम वाग्ले : थाकेको अल्छी सरकारले ल्याएको बासी कार्यक्रम