वनमन्त्री शाहीसँग भारतीय राजदूतको शिष्टाचार भेट
काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेट गरेका छन् ।
मन्त्रालयमा आज भएको सो भेटमा मन्त्री शाहीले नेपालमा पछिल्लो समय जलवायु परिवर्तनका कारण भएको क्षतिको जोखिम कम गर्न छिमेकी राष्ट्र भारतको सहयोगको अपेक्षा गरेको बताउनुभएको मन्त्रालयले जनाएको छ ।
मन्त्री शाहीले दोधारा चाँदनी क्षेत्रमा वातावरणले पार्ने असर न्यूनीकरणका साथै पिछडिएको हिमाली जिल्ला मुगुमा विद्यालय भवन निर्माण, रारा क्षेत्रको पर्यटन प्रवर्द्धन तथा मुगु डोल्फू छायाँनाथ धार्मिकस्थलको विकासमा भारतको सहयोगको अपेक्षा गरिएको बताएका थिए ।
राजदूत श्रीवास्तवले दोधारा चाँदनीमा सुरक्षा चौकी स्थापना गर्ने विषयमा दुई देशबिच पहिला नै मौखिक सहमति भएको बताउँदै यस कार्यको वातावरणीय अध्ययन भइरहेको जानकारी गराएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
राजदूत श्रीवास्तवले भारतीय सहयोगमा नेपालमा भौतिक पूर्वाधार निर्माण, क्षमता विकास तालिमलगायत सहयोगका कार्यक्रम हुँदै आएको स्मरण गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने जानकारी मन्त्री शाहीलाई दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण