विमान दुर्घटनामा ज्यान गुमाएको शव आफन्तलाई जिम्मा लगाउन सुरु, बीमाको विवाद टुङ्गिएन
काठमाडौँ । सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरूको शव आफन्तलाई जिम्मा लगाउन सुरु भएको छ ।
त्रिवि शिक्षण अस्पतालले ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणाली’बाट सबैको पोस्टमार्टम सम्पन्न गरेसँगै केही आफन्तले शव बुझेका हुन् । तर केही आफन्तले बीमालगायतको विषय नटुंगिएसम्म शव जिम्मा नलिने अडान लिएका छन् ।
शुक्रबार अपराह्न सहचालकसहित चार जना मृतकका आफन्तले शव लिएर गएको र अन्यले नलिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । केही आफन्तले बीमाको विषय अन्योल रहेको भन्दै योबारे टुंगो लाग्नुपर्ने र त्यसपछिमात्रै शव बुझ्ने भनिरहेका हुन् ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे नजिकै सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा हुँदा १८ जनाको मृत्यु भएको थियो । सोही दिन उनीहरुको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको थियो ।
शवको त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा गोपालप्रसाद चौधरीसहितको २५ जना टोलीले पोस्टमार्टम गरेको हो ।
यसैबीच सौर्य एयरलाइन्सले विज्ञप्ति जारी गर्दै पीडित परिवारजनलाई कम्पनीको तर्फबाट सहयोग हुने प्रतिबद्धता जनाएको छ ।
विज्ञप्तिमार्फत कम्पनीले भनेको छ, ‘पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुनसक्ने सम्मको सहयोग, साथ र सदभाव सधैं रहने विश्वास दिलाउँछौ । सौर्य एयरलाइन्सको व्यवसायिक विकास र विश्वसनियता आर्जनका लागि उहाँहरुले निष्ठापूर्वक पुर्याउनुभएको साथ, सहयोग र योगदानको उच्च कदर गर्दै यस संस्थाले सधै जीवन्त एवम् चिर स्मरणीय इतिहासको रुपमा संरक्षण गर्ने विश्वास व्यक्त गर्दछौ । साथै, यस दुर्घटनामा परि बाँच्न सफल हाम्रा अनन्य मित्र क्याप्टेन मनिष शाक्यको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण