चक्कु देखाएर पठाओ चालकलाई लुटपाट गर्ने २ जना पक्राउ
काठमाडौँ । साँखुबाट पठाओ चालकको मोटरसाइकल, मोबाइल र नगद लुटपाट गर्ने २ जना पक्राउ परेका छन् । प्रहरी प्रभाग साँखुले पठाओ चालक भक्तबहादुर खड्कालाई लुटपाट गर्ने वर्ष २३ का राहुल तामाङ र वर्ष २१ का मनिष कोइरालालाई पक्राउ गरेको हो ।
उनीहरुले यही साउन ९ गते बिहान ६ बजे काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर ८ नाउपाखा सामुदायिक वनमा मोरङ लेटाङ नगरपालिका वडा नम्बर ९ का खड्कालाई लुटपाट गरेका थिए ।
ललितपुर पाटन अस्पताल नजिकै बस्ने भक्तबहादुर खड्काले पठाओ गरी यात्रु लिई शंखरापुर नगरपालिका नाउपाखा सामुदायिक वनमा पुगेपछि तामाङ र कोइरालाले चक्कु देखाई उक्त पठाओ चालकको बाप ०२–०४३ प ९१२५ नम्बरको मोटर साइकल, नगद रु.६०००।– र मोबाइल १ थान लुटपाट तथा चोरी गरी फरार भएकोमा सोही दिन निजहरूलाई नियन्त्रणमा लिई कानुन बमोजिम थप कारबाहीका लागि तालुक कार्यालयमा पठाइएको साँखु प्रहरी प्रभावका इन्चार्ज प्रहरी निरीक्षक नवीन चुदालीले जानकारी दिएका छन् ।
सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १५ घर भई हाल काठमाडौँको साँखुमा बस्ने राहुल तामाङ र उदयपुर नगरपालिका वडा नम्बर ५ घर भई हाल साँखुमा बस्दै आएका मनिष कोइराला पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्तिशाली सरकार बन्दा पनि अझै उठ्न सकेन निजी क्षेत्र
-
देखाइयो रातो मच्छिन्द्रनाथको भोटो, जात्रा सम्पन्न
-
वैदेशिक सहायता र कुटनीतिक सम्बन्धमै प्रश्न उठाइरहेको ‘चुहारको पुल’
-
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन, धमाधम भइरहेको छ तयारी (तस्बिरहरू)
-
दयाहाङ र मिरुनाको जोडी रहने फिल्म 'रातो घेरा' निर्माण घोषणा
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण