‘चेक बाउन्सलाई सहजै उन्मुक्ति दिने व्यवस्थाले अराजकता ल्याउँछ’
विराटनगर । आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिबारे प्रारम्भिक टिप्पणी गर्दै नेपाल उद्योग परिसंघ कोशी प्रदेशले चेक अनादरलाई कालो सूचीमा राख्ने व्यवस्था हटाउँदा आर्थिक अराजकता आउनसक्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।
उद्योग परिसंघले एक विज्ञप्ति जारी गर्दै मौद्रिक नीतिमा धेरै सकारात्मक विषय उल्लेख भएपनि चेक बाउन्सलाई सहजै उन्मुक्ती दिने व्यवस्थाले आर्थिक अराजकता ल्याउने खतरा रहने भएकोले पुनर्विचार गरिनुपर्नेमा जोड दिएको छ ।
‘यसअघि चेक अनादरलाई मात्र आधार मानी कालोसूचीमा राखी बैंक खाता रोक्का राख्ने तथा बैंकिङ कारोबारमा बन्देज गर्नेलगायतका व्यवस्था परिमार्जन गरी विद्यमान कर्जा सूचना तथा कालो सूचीसम्बन्धी निर्देशनमा पुनरावलोकन गरिने विषय तथा निर्माण व्यवसायीहरूलाई कर्जा सूचनासम्बन्धी अर्को व्यवस्था नभएसम्मको लागि चेक अनादर भएको आधारमा मात्र कालोसूचीमा समावेश नगर्ने व्यवस्था एकतर्फी उन्मुक्ति प्रदान गर्न खोजिए जस्तो छ,’ उद्योग परिसंघले भनेको छ, ‘बजारमा उधारो कारोबारको रकम नउठी रहेको अवस्थामा उद्योगी व्यवसायीले उधारो कारोबारलाई नियमन गर्ने कार्यविधिको माग गरिरहेको वर्तमान अवस्थामा सो नबनाई यस किसिमले चेक बाउन्सलाई सहजै उन्मुक्ति दिने व्यवस्थाले आर्थिक अराजकता ल्याउने खतरा रहन्छ । तसर्थ, यसमा पुनर्विचार हुनु पर्दछ ।’
यस्तै उद्योग परिसंघले साबिकको दुई करोडसम्मको लघु, घरेलु, साना तथा मझौला उद्यम, कृषि र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई प्रवाह हुने कर्जामा आधार दरमा २ प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम थपेर ब्याजदर निर्धारण गर्न नपाउने व्यवस्थामा कृषिका लागि सहयोगी उद्योग, कृषि औजार उत्पादन, सूचना प्रविधि, पर्यटनलगायत आन्तरिक उत्पादनसँग सम्बन्धित क्षेत्रहरू थप गर्ने गरी पुनरावलोकन गरिने भनिएको क्षेत्र थप गर्ने विषयसँगै प्रिमियम दरमा समेत पुनरावलोकन हुनुपर्नेमा जोड दिएको छ ।
उद्योग परिसंघले निर्माण व्यवसायहरूलाई प्रवाह भएको कर्जाको साँवाब्याज तिर्ने अवधि २०८१ मंसिर मसान्तसम्म थप गरिएपनि यो समय पर्याप्त नहुने जनाएको छ । यस्तै मौद्रिक नीतिमा असल कर्जामा गर्नुपर्ने विद्यमान १.२० प्रतिशत कर्जा नोक्सानी व्यवस्थालाई घटाएर १.१० प्रतिशत कायम गर्ने उल्लेख गरिए पनि उक्त मार्जिन पर्याप्त नभएको परिसंघको भनाइ छ ।
परिसंघले विशेष परिस्थितिले उद्योग व्यवसाय बन्द रहे पनि कर्जाको सावाँब्याज भुक्तानी नियमित गर्ने उद्योग व्यवसायलाई कर्जा वर्गीकरण र जोखिम व्यवस्थाको लागि आवश्यक सहजीकरण गरिने व्यवस्था सकारात्मक रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीआरआई नेपालको हितमा छ, अमेरिकाले चासो राख्नु स्वाभाविक : प्रचण्ड
-
विष्णुकुमारीको हत्यारा खोज्दा पुराना ६ वटा घटना सुल्झिए
-
गुगलले ल्यायो नयाँ चिप, जसको गति हुनेछ अचम्मको
-
रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पर्सामा प्रदर्शन
-
रवि लामिछानेको मुद्दा तीन दिनभित्र अदालतमा दर्ता गराउन सांसद शर्माको माग
-
बीमा कम्पनीका सीईओको हत्यामा संलग्न अभियुक्त अदालतमा पेस