नेपाल एसबीआई बैंकको सीएसआर : मेयर शैक्षिक विकास कोषमा आर्थिक सहयोग
काठमाडौँ । नेपाल एसबीआई बैङ्कले सामाजिक उत्तरदायित्व कार्यक्रम (सीएसआर) अन्तर्गत धनगढीको एक सामुदायिक विद्यालयमा छात्राहरूलाई पोसाक उपलब्ध गराउने उद्देश्यले मेयर शैक्षिक विकास कोषमा आर्थिक सहयोग गरेको छ ।
बैङ्कका धनगढी शाखा प्रबन्धक, विजय महर्जनले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई औपचारिक रूपमा सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
यससम्बन्धी कार्यक्रम बैङ्कका सुदूरपश्चिम प्रदेश प्रमुख, सन्तोष कुमार भण्डारी लगायत बैङ्कका पदाधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको थियो । बैङ्कले दिगो विकास हासिल गर्ने तथा सबैका लागि समावेशी र गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यका साथ शिक्षा क्षेत्रमा बारम्बार यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
हाल बैङ्कले १०० शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैङ्किङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण