‘शाम्बाला’ भदौ २८ मा रिलिज हुने
काठमाडौँ । मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ भदौ २८ गते (सेप्टेम्बर १३)मा रिलिज हुने भएको छ । शुक्रवार साँझ ललितपुरमा आयोजित एक कार्यक्रमबिच फिल्मको रिलिज मिति घोषणा गरिएको हो ।
ड्रामा, एड्भेन्चर र म्याजिक रियालिज्ममा निर्माण फिल्मको प्रदर्शन एप्पल इन्टरटेनमेन्टले गर्न लागेको हो । नेपाली र तिब्बती भाषामा रिलिज हुने यो फिल्मलाई नेपालमा अङ्ग्रेजी र नेपाली सबटाइटलमा समेत प्रदर्शन गरिनेछ ।
कार्यक्रममा फिलमका निर्देशक भामले पहिलो फिल्म कालोपोथी केही हलमा मात्र रिलिज भएको जनाउँदै यो फिल्म भने देशभर रिलिज हुने जानकारी दिए ।
झन्डै १४ करोड नेरु बजेट तय रहेको यो फिल्मलाई अहिलेसम्मकै महँगो नेपाली फिल्म बताइएको छ । यो फिल्मले नेपालको चलचित्र विकास बोर्डसहित विश्वका १७ अन्तर्राष्ट्रिय संस्थाबाट फण्ड जितेको छ । फिल्म नेपालको पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा उठाएको छ ।
फिल्ममा सोनम तोप्देन थिन्ले ल्हामो, तेन्जिङ डल्हा, कर्मा वाङ्ग्याल गरुङ, कर्मा शाक्य, लोटन निमलिङ्ग, जंग बहचादुर लामा लगायतका कलाकारको मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण