नेपाल साहित्यकारहरूको गन्तव्य मुलुक हो : प्रधानमन्त्री
काठमाडौँ । लेखक, कवि एवम् साहित्यकार नेत्र प्रसाद गौतमका तीनवटा कृतिहरू एकसाथ विमोचन गरिएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा साहित्यकार गौतमका ‘मेरो इतिवृति’, ‘नेत्रसरका तीन खण्डकाव्य’ र ‘भूत पिसाच’ नामक कृतिहरूको प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विमोचन गरे ।
साहित्यकार गौतमका शनिबार सार्वजनिक गरिएका तीनवटै कृतिहरुभित्र ६ वटा विभिन्न विषयसँग सम्बन्धित विषयहरू उल्लेख गरिएका छन् ।
विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल साहित्यकारहरूको गन्तव्य मुलुक भएको उल्लेख गर्दै राज्यले कला, संस्कृति र साहित्य क्षेत्रबाट समाज निर्माण गर्न लागि परेका व्यक्तिहरूलाई उचित सम्मान र संरक्षण गर्नुपर्ने बताए ।
नेपालमा महाकवि लक्ष्मीप्रसाद देवकोटा र आदिकवि भानुभक्त आचार्य जस्ता साहित्यकार जन्मिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उहाँहरूको विरासत नयाँ पुस्ताका साहित्यकारहरूले सम्हाल्नुपर्ने बताए ।
उनले भने, ‘समाज तथा राज्यले कला, संस्कृति र साहित्य क्षेत्रबाट योगदान दिने स्रष्टाहरूलाई उचित सम्मान र संरक्षण गर्नुपर्दछ ।’
‘हाम्रो देश साहित्यकारहरूको गन्तव्य मुलुक हो । भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौडेल र बालकृष्ण सम जस्ता साहित्यकारहरू र महाकवि लक्ष्मीप्रसाद देवकोटा जस्ता साहित्यकार जन्माउने देश हो । नेपालमा एक जनाले भन्नुभएको थियो । भारतका तीन जना साहित्यकार जोड्यो भने बल्ल लक्ष्मीप्रसाद जस्ता साहित्यकार जन्मन्छन् भनेर । अबको पुस्ताले उहाँको विरासत सम्हाल्नुपर्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण