चीनले जित्यो पेरिस ओलम्पिकको पहिलो स्वर्ण
शनिबार, १२ साउन २०८१, १६ : ४५
पेरिस । पेरिस ओलम्पिकमा चीनले पहिलो स्वर्ण पदक जितेको थियो । यसअघि पेरिस ओलम्पिकमा कजाकिस्तानले पहिलो पदक जितेको थियो ।
चीनले सुटिङ इभेन्टमा यो स्वर्ण जितेको हो । चिनियाँ जोडीले १० मिटर एयर राइफलको मिश्रित विधामा यो पदक जिते ।
चीनका लिहाओ शेङ र युटिङ ह्वाङले १० मिटर एयर राइफलको मिश्रित विधामा कोरियाका जिह्योन केम र हाजुन पार्कलाई हराउँदै पेरिस २०२४ को पहिलो स्वर्ण पदक जित्न सफल भए।
यसअघि कजाकिस्तानका शूटर इस्लाम सत्पायेभ र एलेक्जेन्ड्रा लेले यस ओलम्पिकमा पहिलो पदक जितेका थिए । यो जोडीले चाटोरोक्समा भएको १० मिटर एयर राइफल मिक्स टिम इभेन्टमा कास्य पदक जितेका थिए ।
कास्य पदकको खेलमा सतपायेभ र अलेक्जान्ड्रा लेले जर्मनीका म्याक्सिमिलियन उलब्रिचट र अन्ना जान्सेनलाई पराजित गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण