करेन्ट लागेर विभिन्न स्थानमा ५ जनाको मृत्यु
शनिबार, १२ साउन २०८१, १७ : ०६
काठमाडौँ । देशका विभिन्न स्थानमा करेन्ट लागेर ५ जनाको मृत्यु भएको छ ।
- सल्यान, बागचौर नगरपालिका-३ सोता बस्ने ७० वर्षीय मोहनलाल वलीको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ । खोलाबाट पानी तान्नको लागि विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको हो ।
- सर्लाही, धनकौल गाउँपालिका-१ धोबनिया बस्ने सुरेन्द्र महतोको छोरा १० वर्षीय बजरंगी महतोको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ । आफ्नै घरको आँगनमा रहेको टेबल फ्यानबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलङ्गवा सर्लाहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
- महोत्तरी, भंगाहा नगरपालिका-६ सग्रामपुर बस्ने १८ वर्षीय कमलेश कुमार यादवको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको छ । खेतमा विद्युतीय मोटरबाट पानी पठाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
- कञ्चनपुर, बेदकोट नगरपालिका-२ दैजी बस्ने ३० वर्षीय रवी लुहारको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
- कपिलवस्तु, शुद्धोधन गाउँपालिका-५ सिवलवा बस्ने ५६ वर्षीया गम्तरा अहिरको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा कलमा जोडेको विद्युतीय मोटर चलाई नुहाउने क्रममा करेन्ट लागेर बेहोस भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण