डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध
आइतबार, १३ साउन २०८१, ०७ : १८

लमजुङ । पहिरोले डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षासँगै सडकका विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँका अनुसार तनहुँतर्फ बेँसीसहर नगरपालिका–१ दलाल र मनाङतर्फ सोही पालिका–६ खरखरे भिरमा पहिरो खसेकाले सडक अवरुद्ध भएको छ । खरखरे भिरमा ठूला–ढुङ्गासहितको पहिरो खसेको छ । उक्त सडकका विभिन्न भागमा पहिरो खस्ने क्रम रोकिएको छैन ।
सडक अवरुद्ध हुँदा बेँसीसहरबाट मनाङ जाने तथा तनहुँ हुँदै काठमाडौँ, पोखरा, चितवनलगायत स्थान प्रस्थान गर्ने तथा उक्त स्थानबाट बेँसीसहर आवातजावत गर्ने सवारीसाधन अलपत्र परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपिन जोशीबारे अझै केही सूचना आएन
-
१० बजे १० समाचार : नगरकोटबाट पूर्वराजाको सक्रियतादेखि रवीन्द्रलाई अर्को ‘आपत’सम्म
-
राजश्व छलीमा तीन करोड असुली गर्न माग गर्दै मुद्दा दर्ता
-
पाकिस्तानी हमलाले रोकियो आईपीएल, दर्शकलाई रङ्गशाला बाहिर निकालियो
-
पाकिस्तानद्वारा जम्मू र पठानकोटमा ड्रोन आक्रमण : भारत
-
जम्मूलाई लक्षित गर्दै पाकिस्तानकाे गाेलाबारुद, भारतीय वायु रक्षाकाे जवाफी फायरिङ