सन्दीपको टोलीको लगातार दोस्रो हार
ब्राम्पटन । ग्लोबल टी–२० क्यानडा २०२४ मा सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीको टोलीले लगातार दोस्रो हार बेहोरेको छ । शनिबार राति भएको खेलमा भ्यानकुभर नाइट्स बंगला टाइगर्स मिस्सिसाउगासँग पराजित भएको हो ।
बंगला टाइगर्सले भ्यानकुभरलाई २२ रनले हरायो । १ सय ५३ रनको लक्ष्य पछ्याएको भ्यानकुभरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३० रन मात्र बनाउन सक्यो ।
टोलीका लागि हर्ष ठाकेरले नट आउट रहँदै ६७ बलमा ७९ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । खेलमा दीपेन्द्र सिंह ऐरी मात्र १ रन बनाएर आउट भए भने सन्दीप २ रन बनाउँदै नटआउट रहे । बंगला टाइगर्सका लागि शाकिब अल हसनले ३ विकेट लिए ।
यसअघि इफ्तिकार अहमदको अर्धशतकको मद्दतले बंगला टाइगर्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ५० रन बनाएको थियो । भ्यानकुभरका लागि सन्दीपले ४ ओभर बलिङ गर्दै ३२ रन खर्चेर २ विकेट लिएका थिए ।
दोस्रो हारसँगै भ्यानकुभर अङ्क तालिकामा पुछारबाट दोस्रोमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण