सौर्य एयरलाइन्स दुर्घटनामा मृत्यु भएका १७ जनाको शव आफन्तले बुझेका छन् : मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्स दुर्घटनामा मृत्यु भएका १७ शव आफन्तले बुझेको संसद्लाई जानकारी गराएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा विमान दुर्घटनाबारे जानकारी गराउँदै सो कुरा बताएका हुन् ।
यमनका एक जना नागरिकको शव व्यवस्थापनका लागि पनि नेपालमा दूतावास नभएकाले त्यसका लागि सम्पर्क र समन्वयको काम भइरहेको उनले बताए ।
मन्त्री पाण्डेले सो विमान दुर्घटनामा परी गम्भीर घाइते क्याप्टेन मनिषरत्न शाक्य उपचाररत रहेको र उनको अवस्था खतरामुक्त रहेको पनि बताए । उनले मृतकको शव व्यवस्थापनको सम्पूर्ण खर्च सौर्य एयरलाइन्सले व्यहोरेको पनि जानकारी दिए ।
साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भरेलगत्तै सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा चालक दलका एक सदस्यसहित १८ जनाको ज्यान गएको थियो भने क्याप्टेन शाक्यको गम्भीर अवस्थामा उद्धार गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण