मुख्यमन्त्री लामाको राजनीतिक सल्लाहकारमा शाह नियुक्त
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख राजनीतिक सल्लाहकारमा विनोद शाह नियुक्त भएका छन् । आइतबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले नुवाकोटका शाहलाई मुख्यमन्त्री लामाको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नुवाकोटको तादी गाउँपालिका–२ का शाहलाई प्रदेश सुशासन ऐन २०७७ को दफा ३.५ बमोजिम मुख्यमन्त्री लामाको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछानेले जानकारी दिए । उनलाई प्रदेश सुशासन नियमावली २०७७ को नियम २ बमोजिम राजनीतिक सल्लाहकारको पारिश्रमिक र काम कर्तव्य र अधिकार स्वीकृत गर्ने निर्णय गरेको मन्त्री लामिछानेले बताए ।
प्रमुख राजनीतिक सल्लाहकार शाह कांग्रेस प्रवक्ता प्रकाशशरण महत निकट रहेका छन् । अधिवक्ता शाह कांग्रेसको पूर्व महाधिवेशन प्रतिनिधि सदस्य हुन् । उनी नेविसंघ नेपाल ल क्याम्पसका इकाई सभापति हुँदै राजनीतिमा होमिएका उनी नेविसंघको उपाध्यक्षको प्रत्यासी थिए ।
हाल पूर्णकालीन राजनीतिमा रहेका उनी ज्ञानेन्द्रबहादुर कार्की जलस्रोत ऊर्जा तथा सिँचाइ मन्त्री हुँदा स्वकीय सचिव रहेका थिए । उनले करिब २ वर्ष जलस्रोत ऊर्जा तथा सिँचाइ मन्त्रालयमा रहेर काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण