गन्जी लगाएर मन्त्रालयमा बसेको फोटो भाइरल भएपछि पत्रकारमाथि खनिए मन्त्री मनाङे
पोखरा । गण्डकीका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पत्रकारमाथि अराजक अभिव्यक्ति दिएका छन् । अघिल्लो दिन गन्जी लगाएर मन्त्रालय पुगेको फोटो भाइरल भएपछि उनले फोटो खिच्ने पत्रकारमाथि ‘कुट्नुपर्ने’ अभिव्यक्ति दिएका हुन् ।
आइतबार यातायात व्यवसायीले गरेको आन्दोलनका क्रममा पत्रकारमाथि कुटपिट भएको थियो । त्यसमाथि मन्त्री मनाङेसँग प्रतिक्रिया लिन जाँदा उनले आफ्नो गन्जी लगाएको फोटो खिच्ने पत्रकारमाथि कुटपिट हुनुपर्ने बताए । ‘अस्ति गन्जी लगाएको फोटो हाल्ने के नाम हो ? अमृत सुवेदी । त्यस्तोलाई कुट्दैन, सोझो पत्रकारलाई कुटेछन्,’ उनले भने । सुवेदी अनलाइन खबरका गण्डकी ब्युरो प्रमुख हुन् ।
गण्डकीका कार्यवाहक मुख्यमन्त्री विन्दुकुमार थापाले अभिव्यक्तिबारे जानकारी पाएको र सम्बन्धित मन्त्रीसँग कुरा गर्ने बताए । ‘घटना थाहा भयो । म उहाँसँग बस्छु,’ थापाले भने, ‘उहाँसँग कुरा गरेपछि थप अघि बढौँला ।’ मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे भारतमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण