गन्जी लगाएर मन्त्रालयमा बसेको फोटो भाइरल भएपछि पत्रकारमाथि खनिए मन्त्री मनाङे

पोखरा । गण्डकीका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पत्रकारमाथि अराजक अभिव्यक्ति दिएका छन् । अघिल्लो दिन गन्जी लगाएर मन्त्रालय पुगेको फोटो भाइरल भएपछि उनले फोटो खिच्ने पत्रकारमाथि ‘कुट्नुपर्ने’ अभिव्यक्ति दिएका हुन् ।
आइतबार यातायात व्यवसायीले गरेको आन्दोलनका क्रममा पत्रकारमाथि कुटपिट भएको थियो । त्यसमाथि मन्त्री मनाङेसँग प्रतिक्रिया लिन जाँदा उनले आफ्नो गन्जी लगाएको फोटो खिच्ने पत्रकारमाथि कुटपिट हुनुपर्ने बताए । ‘अस्ति गन्जी लगाएको फोटो हाल्ने के नाम हो ? अमृत सुवेदी । त्यस्तोलाई कुट्दैन, सोझो पत्रकारलाई कुटेछन्,’ उनले भने । सुवेदी अनलाइन खबरका गण्डकी ब्युरो प्रमुख हुन् ।
गण्डकीका कार्यवाहक मुख्यमन्त्री विन्दुकुमार थापाले अभिव्यक्तिबारे जानकारी पाएको र सम्बन्धित मन्त्रीसँग कुरा गर्ने बताए । ‘घटना थाहा भयो । म उहाँसँग बस्छु,’ थापाले भने, ‘उहाँसँग कुरा गरेपछि थप अघि बढौँला ।’ मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे भारतमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युरोडबाट २० लाखभन्दा बढी रकम सहित युवक पक्राउ
-
नेपाली युवा उद्यमी महासङ्घ बागमती कमिटी गठन, अध्यक्षमा खतिवडा
-
नेताज्यूहरू : नाच्न आएन कि आँगन टेडै हो ?
-
इच्छाराज सर्वोच्चबाट पनि दोषी ठहर, ३ वर्ष कैद र पौने दुई अर्ब जरिवानाको सजाय सदर
-
विद्यालय शिक्षा विधेयकका विषयमा समितिलाई बुझाइएको प्रतिवेदनमा के छ ?
-
रानी बन्ने भइन् सुहानाकी आमा, शाहरुख खान हत्याराको भूमिकामा