सात पटकको विजेता भारतलाई हराउँदै श्रीलंका बन्यो महिला एसिया कप च्याम्पियन
दम्बुला । सात पटकको विजेता भारतलाई हराउँदै श्रीलंकाले पहिलोपटक महिला एसिया कपको उपाधि जितेको छ । दम्बुलामा आयोजित फाइनल खेलमा श्रीलंका ८ विकेटले विजयी बनेको हो ।
भारतले प्रस्तुत गरेको १ सय ६६ रनको लक्ष्य श्रीलंकाले १८.४ ओभरमा २ विकेटको क्षतिमा पछ्यायो । सन् २००४ देखि सुरु भएको यो प्रतियोगितामा भारतले अधिपत्य जमाउँदै आएको थियो । सन् २०१८ मा बंगलादेशले यो प्रतियोगिता जित्नुबाहेक सबै सात उपाधि भारतको पोल्टामा पुगेको थियो ।
श्रीलंकाका लागि हर्षिथा समाराविक्रमाले सर्वाधिक ६९ रनको योगदान दिइन् । उनले नटआउट रहँदै ५१ बलमा ६ चौका र २ छक्का प्रहार गरिन् ।

कप्तान चमारी अथपट्टुले ४३ बलमा ६१ रन बनाएकी थिइन् । उनले ९ चौका र २ छक्का प्रहार गरिन् । काभिसा दिलहारीले १६ बलमा ३० रन जोडिन् । भारतका लागि एक्लो विकेट दीप्ति शर्माले लिइन् ।
यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६५ रन बनाएको थियो ।

भारतका लागि स्मृति मन्धानाले सर्वाधिक ६० रनको योगदान दिइन् । उनले ४७ बलमा १० चौका प्रहार गरिन् । त्यस्तै, रिचा घोषले विस्फोटक ब्याटिङ गर्दै १४ बलमा ३० रन जोडिन् । उनले ४ चौका र १ छक्का हिर्काइन् ।
जेमिमा रोड्रिग्वेजले १६ बलमा २९ रन बनाइन् । उनले ३ चौका र १ छक्का प्रहार गरिन् । सेफाली वर्मा ले १६ तथा कप्तन हरमनप्रित कौरले ११ रनको योगदान दिइन् ।
श्रीलंकाका लागि काभिसा दिलहारीले २ तथा उदेशिका प्रबोधानी, साचिनी निसानसाला र चमारी अथपट्टुले १–१ विकेट हात पारिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण