सरकारसँग वार्ता मिल्यो, यातायात व्यवसायीको आन्दोलन फिर्ता
पोखरा । आन्दोलनरत यातायात व्यवसायी र सरकारबिच वार्ता मिलेको छ । राइड सेयरिङको विरोध गर्दै व्यवसायीहरू आन्दोलित भएका थिए । सरकारले तत्कालै समस्या समाधानका लागि ९ सदस्यीय कार्यदल गठन गरेको छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका उपसचिव प्रदीपकुमार रेग्मीको संयोजकत्वमा बनेको कार्यदलमा मुख्यमन्त्री कार्यालयका अधिकृत, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका प्रतिनिधि, सार्वजनिक यातायात केन्द्रीय महासंघका प्रतिनिधि, राइडर्स पोखराका प्रतिनिधि, उपभोक्ता मञ्च गण्डकीका प्रतिनिधि, यातायात मजदुरमध्येबाट एकजना सदस्य रहनेछन् ।
समितिको सदस्य सचिव भौतिक पूर्वाधार मन्त्रालयका अधिकृत रहनेछन् । समितिले सबै पक्षको ज्ञापनपत्र हेरेर १५ दिनभित्र सुझावसहितको प्राविधिक प्रतिवेदन मुख्यमन्त्री कार्यालयमा पेस गर्नुपर्ने छ । थप छलफलका लागि विज्ञहरूलाई समावेश गर्न पाउने अधिकार समितिलाई नै दिइएको छ । कार्यदल गठन भएसँगै आइतबारदेखि सुरु भएको आन्दोलनका सबै कार्यक्रम स्थगित भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशका सचिव योगेन्द्र केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण