संक्रमणकालिन न्यायमा केही दल मिलेर चलखेल गर्न खोजे दुर्भाग्यपूर्ण हुन्छ : कमल थापा
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संक्रमणकालिन न्याय दलीय स्वार्थको आधारमा गर्न खोजिनु दुर्भाग्यपूर्ण भएको भन्दै केही दल मात्र मिलेर चलखेल नगर्न समेत सचेत गराएका छन् । गम्भीर प्रकृतिका मुद्दाहरूमा सजाय निर्धारण गर्दा ७५ प्रतिशत माफी मिनाहा दिन खोजिएको भन्दै उनले त्यो आपत्तिजनक हुने बताए ।
पार्टी निकट पूर्वप्रहरी संगठनको कार्यक्रममा बोल्दै थापाले ३ दलले गठबन्धन गरे भन्दैमा जे मा पनि उन्मुक्ति दिन नपाइने चर्चा गर्दै थापाले पीडित सरोकारवालाको सहमति बिना ल्याइने कानुनले संक्रमणकालिन न्याय दिन नसक्ने समेत दाबी गरे । उनले बाल सेना शब्द हटाइएर सहमति गर्न खोजिएकोमा पनि तीव्र असन्तुष्टि पोखे । प्रहरी प्रशासनमा भइरहेको नाङ्गो राजनीतिक हस्तक्षेपले नयाँ गठबन्धन निर्माणको अन्तर्य बुझ्न सकिने भन्दै उनले अब जनताले सशक्त प्रतिवाद गर्ने समय आएको समेत बताए ।
कार्यक्रममा पार्टीका वरिष्ठ नेता तथा वरिष्ठ अधिवक्ता विष्णु भट्टराई , संगठनका अध्यक्ष हरिहर श्रेष्ठलगायतले बोलेका थिए भने पूर्व प्रहरीहरूलाई अध्यक्ष थापाले सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण