राष्ट्र बैंकको प्रवक्तामा पौडेल, कार्यकारी निर्देशक भट्टलाई अनुसन्धान विभागको जिम्मेवारी
सोमबार, १४ साउन २०८१, १० : ५७
काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक रामु पौडेल आएका छन् । २०८१ साउन १४ गतेदेखि लागू हुनेगरी गभर्नर महाप्रसाद अधिकारीले प्रवक्ताको जिम्मेवारी पौडेललाई दिएका हुन् ।
अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) गरेका पौडेल हाल राष्ट्र बैंकको सुपरीवेक्षण विभागमा कार्यकारी निर्देशक छन् । योसँगै यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका कार्यकारी निर्देशक डा.गुणाकरण भट्टलाई अनुसन्धान विभाग पठाइएको छ ।
राष्ट्र बैंकको अनुसन्धान विभाग निकै महत्वपूर्ण विभागको रुपमा रहेको छ । यसअघि यस विभागको नेतृत्वमा रहेका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठ राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भएसँगै प्रवक्ता डा.भट्टलाई अनुसन्धान विभागको नेतृत्व प्रदान गरिएको हो ।
उसो त यसअघि नै डा.भट्टले अनुसन्धान विभागको नेतृत्व सम्हालिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण