पेरिस ओलम्पिक : १४ वर्षीया किशोरीले जितिन स्वर्ण पदक
काठमाडौँ । फ्रान्सको पेरिसमा जारी ३३ औँ गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा एक १४ वर्षीया जापानी किशोरीले स्वर्ण पदक जितेकी छन् । १४ वर्षीया कोको यासिजावाले महिला स्केटबोर्ड स्पर्धामा स्वर्ण पदक चुमेकी हुन् ।
रमाइलो संयोग के हो भने, महिला स्केटबोर्ड स्पर्धाको फाइनल चरणमा पुग्ने सबै खेलाडी १४ देखि १६ वर्ष उमेरका थिए । उक्त स्पर्धामा जापानकै अर्की खेलाडी लिज अकामाले रजत पदक चुमिन् । ब्राजिलियन खेलाडी रायसा लिलले काश्य पदक हात पारिन् ।
स्वर्ण जित्ने यासिजावाले २७२.७५ अंकको उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । रजत पदक हात पार्ने १५ वर्षीया अकामाले २६५.९५ अंकको प्रदर्शन गरेकी थिइन् ।
ब्राजिलकी लिलले भने २५३.३७ अंकको प्रदर्शन गरेकी थिइन् । लिलले यसअघि टोकियो ओलम्पिकको यही स्पर्धामा रजत पदक हात पारेकी थिइन् ।
जारी ओलम्पिकको महिला स्केटबोर्ड स्पर्धामा पदक जित्ने तीन खेलाडीमध्ये लिल सबैभन्दा बढी उमेरकी हुन् । उनी १६ वर्षकी छन् । उक्त स्पर्धामा चीनकी कुई चेनछी चौथो भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण