प्रधानलाई आयुक्त नियुक्त गरे ५१ प्रतिशत महिलाको अपमान हुन्छ : रोशन कार्की
काठमाडौँ । राप्रपाका सांसद रोशन कार्कीले निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका यौन शोषणको आरोप लागेका कृष्णमान प्रधानलाई नियुक्त गरे ५१ प्रतिशत महिलाको अपमान हुने बताएकी छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद कार्कीले प्रधानलाई नियुक्ति गरे त्यो संविधानको धारा २४५ को उपधारा ६ विपरीत हुने बताइन् ।
‘कृष्णमान प्रधानमाथि एक महिलालाई लामो समयसम्म यौन शोषण गरेको आरोप लागेको छ । ती महिलाले संसदीय समितिमा उजुरी दिएकी छन् र तिनको भनाई अनुसार अदालत गुहारेर किस्ताबन्दीमा एक करोड २५ लाख रुपैयाँ तिरेको रसिद रहेको छ’, उनले भनिन्, ‘त्यस्तो आरोप लागेका प्रधानलाई नियुक्ति गरियो भने ५१ प्रतिशत महिलाको अपमान हुन्छ ।’
उनले यौन शोषण गर्ने व्यक्ति उच्च नैतिक चरित्रको हुन नसक्ने भन्दै प्रधानलाई समितिले नालायक घोषणा गर्नुपर्ने बताइन् । प्रधानमाथिको संसदीय सुनुवाइ सकिएको छ । आज बस्ने समितिको बैठकले प्रधानलाई नियुक्त गर्ने नगर्ने निर्णय गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण