हिराको मूल्य घट्यो
नयाँ दिल्ली । प्रयोगशालामा बनेको हिराको मूल्यमा उच्च कमी आएको छ । सन् २०२२ मा प्रयोगशालामा बनाइएको हिराको भाउ एक क्यारेटकै ३०० डलरसम्म पुगेको थियो ।
अहिले यसको भाउ घटेर ७८ डलरमा सीमित भएको छ । यही अवधिमा प्राकृतिक हिराको भाउ पनि २५ देखि ३० प्रतिशतसम्म घटेको बताइएको छ ।
पछिल्लो समय विश्व बजारमा सुनको भाउ बढिरहेको छ । अमेरिकी अर्थतन्त्रमा देखिएको मन्दी र चिनियाँहरूको खरिद प्रवृत्तिमा आएको परिवर्तनले पनि हिरा उद्योग नराम्ररी प्रभावित बनेको छ ।
पछिल्ला दुई वर्ष निकै कठिन रहेको हिरा व्यापारीहरू भनिरहेका छन् । प्राकृतिक हिराको मूल्यमा आएको कमीसँगै साना र सस्तो खालको हिराको माग पनि प्रभावित भएको छ ।
उता, प्रयोगशालामा बनाइने हिराले सस्तो खालको हिराबाट कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ । प्राकृतिक हिराको सबैभन्दा ठुलो खरिदकर्तामध्ये एक चीनको हिरा खरिदमा व्यापक कमी आएको छ ।
यी सबैले पनि हिराको मूल्य प्रभावित भइरहेको विश्लेषकहरूले बताइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन