अनुहारमा बसेको झिँगा मार्न खोज्दा यी पुरुषले गुमाए दृष्टि
बेइजिङ । गर्मीका महिनामा कतिपय स्थानमा भुनभुन गर्दै भन्किरहेका झिँगा कम्ती दिक्क लाग्दा हुँदैनन् । पसिनाले लत्रक्क परेको ज्यान, टाउको वा अनुहारमा बसेर झिँगाले जिस्काइरहँदा कस्तो झोक चलेर आउँछ । तर झिँगा बस्यो भन्दैमा आफ्नै टाउको वा अनुहारमा बेस्कन हिर्काउन वा मार्न पनि हुन्न भनेर डाक्टरहरू भन्छन् । यसको कारण पनि छ । झिँगाले डरलाग्दो ब्याक्टेरिया बोक्छन् । छालामा बसेको बेलामा झिँगालाई प्याट्ट हिर्काउँदा यसले बोकेर ल्याएका ब्याक्टेरिया पनि छालामा लतपतिन सक्छ र गम्भीर परिणाम निम्तन सक्छ ।
चीनको सेञ्झेन सहरका एक पुरुषको कुरा गरौं न । याङचेङ इभिनिङ न्युजका अनुसार वु थरका एक पुरुषले अनुहारमा बसेको एउटा मसिनो खालको झिँगालाई हिर्काउँदा उनलाई डाक्टरहरूले समेत उपचार गर्न नसक्ने ब्याक्टेरियाको सङ्क्रमण भयो । उनले आफ्नो टाउको वरिपरि भुन्भुनाएर अनुहारमा बसेको झिँगालाई मारेका थिए । उनले यसबारे केही सोचेका पनि थिएनन् । तर यो घटनाको एक घण्टापछि नै उनको आँखा रातो भएर सुन्नियो अनि दुख्न थाल्यो । पहिला त उनले यसलाई सिजनल आई फ्लु भन्ने सोचे । तर औषधि खाएर पनि आँखा ठीक भएन ।
जब स्थिति खराब बन्दै गयो उनी नजिकैको अस्पतालमा जँचाउन गए । त्यतिबेलासम्म उनको बायाँ आँखाको दृष्टि पूरै गुमिसकेको थियो । आँखा वरिपरि घाउ बनेको थियो । जँचाएपछि उनले आफूलाई सिजनल आई फ्लु नभएर ब्याक्टेरियल इन्फेक्सन भएको थाहा पाए । यो सङ्क्रमण औषधिले निको पार्न नसक्ने भइसकेको थियो । सङ्क्रमण मस्तिष्कसम्म नपुगोस् भनेर डाक्टरहरुले उनको बायाँ आँखाको डल्लै निकालेर फ्याँकिदिए । यतिबेला वुको कथा चीनको सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । विज्ञहरूले अनुहारमा झिँगा बस्यो भने हात हल्लाएर यसलाई धपाउने कोसिस मात्रै गर्न भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण