पेरिस ओलम्पिक : दुई वटा पदक जित्ने पहिलो भारतीय खेलाडी बनिन् मनु भाकर
मङ्गलबार, १५ साउन २०८१, १४ : ०३
काठमाडौँ । दक्षिण एसियाली राष्ट्र भारतले ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा दोस्रो कांस्य पदक जितेको छ । भारतले मंगलबार सुटिङको १० मिनेट एयर पिस्तल मिक्स्ड टिम स्पर्धामा कांस्य पदक हात पारेको हो ।
उक्त स्पर्धामा भारतका लागि मनु भाकर र सरबजोत सिंहको जोडीले पदक जितेको हो । मनु र सरबजोतको जोडीले कोरियाका खेलाडीलाई हराएर कांस्य पदक पक्का गरेको हो । जारी पेरिस ओलम्पिकमा यसअघि भारतले सुटिङमै कांस्य पदक जितेको थियो ।
भारतका लागि पहिलो कांस्य पदक मनु भाकरले जितेकी थिइन् । मनुले यही स्पर्धाको महिला एकलतर्फ कांस्य जितेकी हुन् । जारी ओलम्पिकमा मनुले जितेको यो दोस्रो कांस्य पदक हो । उनी एउटै ओलम्पिकमा दुई वटा पदक जित्ने पहिलो भारतीय खेलाडी पनि बनेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण