संसद्मा उठ्यो त्रिशूली बस दुर्घटनाबारे ‘चिनियाँ राजदूत’को कटाक्ष र कूटनीतिक मर्यादाको विषय
काठमाडौँ । प्रतिनिधि सभा सदस्य सर्वेन्द्रनाथ शुक्लाले गत असार २८ गते त्रिशूली नदीमा २ वटा बस दुर्घटना भएको विषयमा कूटनीतिक नियोगको व्यक्तिले कटाक्ष गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
कुनै राजदूतको नाम नलिई उनले एकजना राजदूतले खोजीकार्यबारे सामाजिक सञ्जाल एक्समा व्यङ्ग्य र मजाक उडाउने काम गरेको र त्यो कूटनीतिक मर्यादा विपरीत भएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए । ती राजदूतले ३ दिनदेखि लगातार सामाजिक सञ्जालबाट बस दुर्घटनाको विषयलाई लिएर व्यङ्ग्य गरेकोले त्यसलाई नोटिसमा लिनुपर्ने बताए ।
पछिल्ला दिनमा सामाजिक सञ्जाल एक्समा चिनियाँ राजदूत चेन सङले बस दुर्घटनाको विषयमा कटाक्ष गर्दै आएका छन् ।
सांसद शुक्लाले भने–‘७ दिनसम्म सय जना भन्दा बढी ठुलो सङ्ख्याले खोजी गर्दा बस फेला नपार्नु दुर्भाग्यपूर्ण हो । तर त्यो भन्दापनि ठुलो दुर्भाग्यपूर्ण हो व्यङ्ग्यपूर्ण अभिव्यक्ति । दुर्घटनाबाट कैयौँ गाउँबासी अझै शोकमग्न छन् । त्यो अप्रत्याशित घटनाबाट सबै शोकमग्न रहेको बेला एकजना महामहिमले खोजी कार्यको मजाक उडाएका छन्, सामाजिक सञ्जाल एक्सको पोस्टमा । यो हेर्दा मित्रले पीडाबोध गर्नु त कहाँ हो कहाँ, संयुक्त प्रयासलाई निरन्तर लेख्दै अपहेलित गर्ने काम भइरहेको छ सभामुख महोदय । यो कृत्य कुनै पनि देशको कूटनीतिक मर्यादा विपरीत हो । नेपालको नेतृत्वमा भएको यो खोजीकार्यलाई सफल भए पनि, असफल भए पनि त्यसको मजाक उडाउने कार्य निन्दनीय हो । यसबारे सरकारलाई मैले ध्यानाकर्षण गराएँ । अहोरात्र खटिइरहेको हाम्रो सुरक्षा निकाय, हाम्रो मित्रराष्ट्रका विज्ञहरूको टोलीले गरिरहेको कार्यहरूको लगातार ३ दिनदेखि व्यङ्ग्य गर्ने काम भइरहेको छ, यसलाई नोटिसमा लिनुपर्छ र कूटनीतिक तरिकाबाट यसलाई रोक्नुपर्छ ।’
उनले अवशेषहरू भारतको बिहारको सिमानामा पुगेपछि मात्रै उद्धार थालिएको उल्लेख गर्दै ७ दिनसम्म सय जना भन्दा ठुलो समूहले खोजी गर्दा नभेटिनुको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण