माओवादीले मुख्यमन्त्री लामालाई विश्वासको मत नदिने
हेटौँडा । माओवादी केन्द्रले मुख्यमन्त्री बहादुर सिंह लामालाई विश्वासको मत नदिने भएको छ । माओवादी प्रमुख प्रतिपक्ष दलको भूमिकामा रहने र रचनात्मक रूपमा सरकारलाई खबरदारी गर्ने माओवादी केन्द्रका सांसद युवराज दुलाल ‘शरद’ले बताए ।
उनले सत्ता समीकरण निर्माणमा माओवादीलाई झुक्याएको बताए । उनका अनुसार माओवादीको नेतृत्वमा घोटाला र भ्रष्ट्राचार विरुद्धमा रहेको छ । माओवादीले भ्रष्ट्राचारको फाइल उठाउँदा अमुक व्यवसायीको घरमा सत्ता समीकरणको सहमति बनेको उनले बताए । क्यालेन्डर अनुसार संविधान संशोधन नहुने उनको भनाई छ । संविधानमा रहेको सकारात्मक विभेदलाई नियन्त्रण गर्न र प्राप्त अधिकार मास्न अहिलेको गठबन्धन बनेको उनले आरोप छ । सत्ता गठबन्धनको सरकार औचित्य पुष्टि हुन नसक्ने सांसद दुलालले बताए ।
‘बिहानीले दिनको झल्को दिन्छ । सुशासन र पद्धतिको सुरुवात हुनेछ । तर, आज नियुक्त गरेका मन्त्री शपथ नगरी सभा हलमा बसिरहनु भएको छ। कति जना मन्त्री हुने हो ?’ उनले भने, ‘बहुमत अङ्क गणितमा होइन । गणित स्थायित्व होइन । स्थायित्व विचार हो । अहिलेको गणितमा बनेको समीकरण र बहुमत माथि शङ्का छ । माओवादी विचारमा सशक्त छ । माओवादीको नेतृत्वमा देश र जनतालाई हानी हुने काम भएको छैन ।’
सत्तापक्षमा नै राजनीतिक स्थायित्वका विषयमा बुझाइ फरक भएको देखिएको उनको भनाई छ । कांग्रेस ठुलो दलहरूको समीकरणलाई राजनीतिक स्थायित्व भनिरहेको र एमाले लोकतन्त्रको अभ्यास र सरकार र प्रतिपक्षमा हुनुलाई भनिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण