राज्यका निर्देशक सिद्धान्त समिति गठनका लागि दुवै सदनबाट १२ सांसदको नाम अनुमोदन
मङ्गलबार, १५ साउन २०८१, १७ : ४१
काठमाडौँ । प्रतिनिधि सभा र राष्ट्रिय सभाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति गठन गर्नका लागि १२ सांसदको नाम अनुमोदन गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सो समिति गठनका लागि सभामुख देवराज घिमिरेले प्रस्तुत गरेका ११ सांसदहरूको नाम बैठकले अनुमोदन गरेको हो ।
यता राष्ट्रिय सभाबाट भने १ जना सांसद मात्र छनौट गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले समितिका लागि प्रस्ताव गरेको भगवती न्यौपानेको नाम सभाले स्वीकृत गरेको छ । यता प्रतिनिधि सभाबाट समितिका लागि ठाकुर गैरे, दिलेन्द्र प्रसाद बडू, देवप्रसाद तिमल्सेना, प्रतिमा गौतम, प्रभू हजारा, बुद्धिमान तामाङ, शान्ति विक, सन्तोष परियार, सरस्वती सुब्बा, हितराज पाण्डे, हेमराज राईको नाम स्वीकृत भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण