असार मसान्तसम्म पाकेको ब्याज साउनमा उठे पनि बैङ्कहरूले नाफा नोक्सानमा देखाउन पाउने
काठमाडौँ । मौद्रिक नीतिको व्यवस्था अनुसार अब बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्षको उठ्न बाँकी ब्याजलाई पनि नाफा नोक्सानमा उल्लेख गर्न पाउने भएका छन् । मंगलबार क, ख, ग, घ वर्गका बैंक र पूर्वाधार विकास बैंक (निफ्रा) लाई समेत निर्देशन जारी गर्दै राष्ट्र बैंकले व्यवस्था कार्यान्वयन गर्न भनेको हो ।
आर्थिक वर्ष २०८०/८१ मा प्रोदभावी आधार (एक्कुरल बेसिस ) मा लेखांकन गरिएको ब्याज आम्दानीमध्ये २०८१ साउन मसान्तभित्र प्राप्त भएको ब्याज रकम बाहेक अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकममा प्रचलित नियमानुसारको आयकर तथा कर्मचारी बोनस कट्टा गरी बाँकी रकमलाई सञ्चित मुनाफा (रिटर्न अर्निङ ) खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।
यसै गरी हालसम्म नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआएस) लागु भई नसकेका लघुवित्त वित्तीय संस्थाहरूको हकमा आर्थिक वर्ष २०८०÷८१ मा पाकेको ब्याज २०८१ साउन मसान्तभित्र प्राप्त भएमा सो रकमलाई त्यस्ता लघुवित्त वित्तीय संस्थाहरूले सोही वर्षको नाफा नोक्सान हिसाबमा आम्दानी जनाउन पाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण