विश्व तेक्वान्दोमा प्रेमलाई रजत
दक्षिण कोरिया । दक्षिण एसियाली खेलकुद सागका कांस्य पदक विजेता प्रेमबहादुर लिम्बुले विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगितामा रजत पदक जित्न सफल भएका छन् ।
दक्षिण कोरियाको मुङयीयोङमा भएको प्रतियोगितामा लिम्बुले व्यक्तिगत पुम्से विधामा रजत पदक जित्न सफल भएको तेक्वान्दो प्रशिक्षक जगन अधिकारीले जानकारी दिए । प्रशिक्षक अधिकारीका अनुसार लिम्बुले पहिलो खेलमा अमेरिकाका माइकललाई ८–७ अङ्कले पछि पार्दै जित हासिल गरे ।
दोस्रो खेलमा कोरियाका ट्याइलरलाई ८.१६६–७.६८३ अङ्कले हराउँदै क्वार्टरफाइनल प्रवेश गरेका लिम्बुले एलेक्सिसलाई ७.७४९–७.१४९ अङ्कले हराउँदै सेमिफाइनल प्रवेश गरेका थिए ।
सेमिफाइनलमा जोवनलाई ७.९६६–७.७६६ अङ्कले हराउँदै फाइनलसम्म पुगेका लिम्बु फाइनलमा मेक्सिकोका खेलाडी योन सियोकसँग ७.८९९–८.०९९ को झिनो अङ्कले पछि पर्दै रजत पदक मै चित्त बुझाउनु बाध्य भए ।
५५ राष्ट्रका ४५०० खेलाडीहरूको सहभागिता रहेको प्रतियोगिता २६ जुलाई देखी सुरु भई ३० जुलाई सम्म चलेको थियो । यस अघि लिम्बुले दक्षिण कोरियाको सङनाममा सम्पन्न खुला अन्तर्राष्ट्रिय सङनाम तेक्वान्दो प्रतियोगिता २०२४ मा पनि रजत पदक जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण