फिल्म ‘कार्साङ’को छायाङ्कन सुरु
काठमाडौँ । अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म ‘कार्साङ’को छायाङ्कन सुरु भएको छ । साउन १५ गते मंगलबारबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकास्थित यार्सामा शुभमुहूर्त गर्दै फिल्मको छायाङ्कन सुरु गरिएको हो ।
१ महिनाको छायाङ्कन सेड्युल सहित सुटिङ भएको फिल्म सामाजिक कथावस्तुमा निर्माण हुन लागेको हो । फिल्ममा दयाहाङ राई, सृजना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा, सरिता गिरी, माओत्से गुरुङ, सम्राट् क्षेत्री, राशी लिम्बु, सोहन थापा, कर्मा शेर्पा, छोकी शेर्पा, पवन गोले, सञ्जय ढुंगाना र सृष्टि ढुंगाना लगायतको अभिनय रहनेछ । सृजना र छिरिङले यसै फिल्मबाट डेब्यु गर्दै छन् ।
यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मलाई यम शेर्पाले निर्देशन गर्दै छन् । उनको यो निर्देशनमा डेब्यू फिल्म हो । फिल्मका निर्माता पुरुषोत्तम प्रधान हुन् ।
फिल्मको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायाङ्कन हुने निर्माण युनिटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण