नागरिक उन्मुक्तिले सिफारिस गरेका राज्यमन्त्रीको शपथ कहिले ?
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले राज्यमन्त्रीका लागि आफ्नो पार्टीबाट प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सिफारिस गरे पनि हालसम्म उनको शपथ भएको छैन । अध्यक्ष श्रेष्ठले साउन ११ गते प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीको नाम राज्यमन्त्रीमा सिफारिस गरेकी थिइन् । राज्यमन्त्रीमा सिफारिस गरिएको ६ दिन भइसक्दा पनि चौधरीलाई शपथ खुवाइएको छैन ।
शपथको प्रतीक्षामा छन् अरुण चौधरी तर प्रधानमन्त्री कार्यालयबाट कुनै खबर आएको छैन । राज्यमन्त्रीमा सिफारिस भएकै दिनदेखि उनलाई बधाई तथा शुभकामना दिनेको आइरो छ । तर राज्यमन्त्रीमा उनले कहिले शपथ लिने हो टुङ्गो छैन ।
अध्यक्ष श्रेष्ठले भनिन्, ‘कुरा हुँदैछ एक दुई हप्ताभित्र हामीले सिफारिस गरेका राज्यमन्त्रीले शपथ खानुहुन्छ ।’ तीन जना राज्यमन्त्रीको शपथ एकै पटक हुने बताउँदै उनले कांग्रेसबाट दुई जना राज्यमन्त्रीको नाम आउनुपर्ने तर हालसम्म नाम नटुङ्गिएका कारण ढिलो भइरहेको बताइन् ।
‘ढिलाइ हाम्रो तर्फबाट होइन कांग्रेसबाट भइरहेको छ, हामीसँग प्रधानमन्त्रीज्युले नाम माग्नुभयो हामीले पटाइदियौँ, अब कांग्रेसले दुई जनाको नाम दिनुपर्ने हो तर हालसम्म दिएको छैन,’ उनले भनिन्, ‘आशा गरौँ १०–१५ दिनभित्र शपथ ग्रहण हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण