उद्योग मन्त्रालय पुगेर चिनियाँ राजदूतले गरे स्थानीय उत्पादनको प्रशंसा
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबिच भेटवार्ता भएको छ ।
भण्डारी उद्योग मन्त्रीमा नियुक्त भएपछि राजदूत सोङले शुभकामना तथा बधाई दिन बुधवार मन्त्रालय पुगेका थिए । सोच भेटघाटमा दुई देशबिच व्यापार र लगानी सहकार्यलाई थप प्रवर्द्धन गर्न दुवै जना सहमत भएको राजदूत सोङले बताएका छन् ।
मन्त्री भण्डारीले आफ्नो मन्त्रालयमा स्थानीय उत्पादनलाई गरेको प्रयोगको राजदूत सोङले प्रशंसा गरेका छन् । उनले भनेका छन्, ‘मन्त्रीको पहलमा मेड इन नेपाल उपभोग गर्ने स्थानीय उत्पादन जस्ता सामग्री कार्यालयमा प्रयोग गर्नुभएको छ ।’
राजदूत सोङले सोमवार स्वास्थ्य मन्त्री प्रदीप पौडेल र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कासँग पनि भेटेका थिए । मन्त्री खड्कासँगको भेटमा राजदूत सोङले ऊर्जा र जलस्रोतको क्षेत्रमा सहकार्य गर्न प्रतिबद्धता जनाएका थिए । त्यस्तै, मन्त्री पौडेलसँगको भेटमा राजदूत सोङले स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण