सङ्कटको सामना गर्न साझा नीति, कार्यक्रम र प्रतिबद्धता चाहिन्छ : उपेन्द्र यादव
मनिला । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पर्यावरण, युद्ध र प्राकृतिक सङ्कट आदिको सामना गर्न साझा नीति, कार्यक्रम र प्रतिबद्धता चाहिने कुरा बताएका छन् । बुधबार फिलिपिन्सको मनिलामा प्रोग्रेसिभ एलाइन्स, अक्बायन सिटिजन्स एक्सन पार्टी र सोकडेम एसियाद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।
समाजवादी लोकतन्त्रवादी र प्रगतिशीलहरूले सहयोग, भ्रातृत्वको अभिवृद्धि गर्दै विविध खाले सङ्कट र विद्यमान असमानताको हल गर्न तत्काल कदम चाल्नु पर्नेमा अध्यक्ष यादवले जोड दिए । अध्यक्ष यादवले सामाजिक न्याय, मानव अधिकारको संरक्षणको हकमा विभेदमा पारिएका जनता नै सङ्कटको भुमरीमा पर्ने कुरा बताए ।
कार्यक्रममा विभिन्न २१ मुलुकका समाजवादी लोकतन्त्रवादी राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधि, सिनेटर, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखलगायतको सहभागिता रहेको छ । अध्यक्ष यादव बिहीबार स्वदेश फर्कने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण