काठमाडौँमा पार्किङ गरेर राखेको बसमा शव फेला
बुधबार, १६ साउन २०८१, १५ : २१
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ स्थित नयाँ बसपार्कमा बसभित्र शव भेटिएको छ । करिब दुई महिनाअघि देखि पार्किङ गरेर राखेको बसमा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
मंगलबार भेटिएको शव पोस्टमार्टम गर्न प्रहरीले त्रिवि शिक्षण अस्पतालमा पठाएको छ । बा.२ ख २३४४ नम्बरको बसको बायाँ पट्टिको पछाडिको सिटमा सुनसरीको इटहरी उप–महानगरपालिका–१३ घर भएका करिब ३७ वर्षका प्रह्लाद अधिकारी मृत भेटिएका हुन् । घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौँ र वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण