कारागार प्रशासकविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारागार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्त कर्णविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले उनलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार सेवाग्राहीलाई काम गरे बापत पाउने सेवा सुविधा दिन सहजीकरण गरिदिने भनी घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले कर्णलाई एक लाख पचास हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
कर्णले कारागार कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नकबजनी चोरी मुद्दामा कैद भुक्तान गरिरहेका चौकीदारसँग निजलाई चौकीदारबाट हटाउने र अरू कुनै सुविधा नदिने तथा कैदकट्टा/माफी मिनाहाका लागि सिफारिस गर्दा असहयोग गर्ने लगायतको विषय देखाइ दान, दातव्य, उपहार स्वरुप पाँच हजार मूल्य पर्ने जुत्ता र एक हजार २६ हजार ४०० रुपैयाँ पर्ने ‘एलइडी’ टेलिभिजन लिएको अख्तियारको दाबी छ ।
कर्णले जम्मा एक लाख ३१ हजार ४०० रुपैयाँको सामान र एक लाख ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण