रामायणका लागि फिल्म सिटीमा १२ भव्य सेट, अयोध्या र मिथला रिक्रियट गरिँदै
नयाँ दिल्ली । नितेश तिवारीको एपिक ड्रामा फिल्म रामायणको छायांकन सुरु भइसकेको छ । यस फिल्ममा रणवीर कपुर रामको भूमिकामा देखिँदै छन् । सुरुदेखि नै यो फिल्मले निकै चर्चा पाइरहेको छ । यो फिल्मलाई भव्य बनाउन मेकरहरूले कुनै कसर छाडेका छैनन् । सुन्नमा आएअनुसार पौराणिक दुनियाँ देखाउन राम्रो भन्दा राम्रो भिजुअल इफेक्टको प्रयोग गरिनेछ ।
रामायणको पौराणिक संसारलाई सकेसम्म भव्य देखाउन मुम्बईको फिल्म सिटीमा सेटहरू निर्माण भइरहेको छ । मिड डेको रिपोर्टअनुसार फिल्म सिटीमा रामायणका लागि १२ वटा भव्य ठुला सेट निर्माण भइरहेका छन् । राम र सीताका सहर अयोध्या र मिथिलालाई रिक्रियट गर्न भव्य सेटहरू बनाउने काम भइरहेका छन् । यी विशाल सेट अगस्टको मध्यसम्ममा बनेर तयार हुने बताइएको छ ।
सेटको निर्माण कार्य सम्पन्न भएपछि फिल्मकी मुख्य अभिनेत्री साई पल्लवी पनि रणवीर कपूरसँगै सीताको भूमिकामा छायांकनमा सहभागी हुने बताइएको छ । टिभीका रामायणका राम अरुण गोविल यस फिल्ममा दशरथको भूमिकामा देखिने बताइएको छ । केजीएफ स्टार यश रावणको भूमिकामा देखिने भएका छन् । दुई भागमा बन्ने यो फिल्ममा पहिलो भाग रामको युवावस्था देखाइनेछ । मेकरहरूले फिल्मको दोस्रो भागको केही मुख्य हिस्साहरू अहिले नै सुट गर्ने योजना बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण