त्रिविको नीति तथा कार्यक्रम रोकेको भन्दै प्रधानमन्त्रीसँग झोक्किइन् सुमना
काठमाडौँ । पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिविको नीति तथा कार्यक्रम रोकेको भन्दै आक्रोश व्यक्त गरेकी छिन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो की विद्यार्थी र असल प्राध्यापकका लागि हो ? भन्दै प्रश्न समेत गरेकी छिन् ।
उनले लेखेकी छिन्– पदेन कुलपति रहनुभएको प्रधानमन्त्रीले २०८१ साल श्रावन १५ गते मंगलबार त्रिविको नीति तथा कार्यक्रम रोक्नु भयो। विभिन्न तहको समीक्षा पार गरेको, त्रिविको प्राज्ञ टिमले मिहिनेत गरेर तैयार पारेर अपनत्व समेत लिएको त्यो दस्ताबेज थियो त्यो। रोकिएको कार्यक्रम पत्रपत्रिकामा सार्वजनिक भैसकेको छ, के चाहिँ चित्त बुझेन छ यहाँलाई ? त्रिवि प्राज्ञलेभन्दा राम्रो काम म गर्न सक्छु भन्ने दम्भ हो कुलपतिको ?
समय समयमा हुने यस्तो हस्तक्षेपले राजनैतिक व्यक्ति विश्वविद्यालयको कुलपति हुनु हुँदैन भन्ने कुरा झनै प्रस्ट भएको उनले उल्लेख गरेकी छिन् । प्रधानमन्त्रीको बोली र व्यवहार फरक देखिएको तर्फ पनि उनले असन्तुष्टि जनाएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण