यूएनए इन्टरटेन्मेन्टले किन्यो ‘द आउटलः दफा २१९’को जापान अधिकार
बिहीबार, १७ साउन २०८१, १० : ४६

काठमाडौँ । फिल्म ‘द आउटलः दफा २१९’को जापान अधिकार बिक्री भएको छ । जापानका लागि फिल्म वितरण यूएनए इन्टरटेन्मेन्टले किनेको हो ।
कम्पनीका प्रमुख उज्ज्वल गुरागाँइले फिल्मको टिजर सार्वजनिक भएपछि दर्शकमा फिल्मलाई लिएर उत्साह बढेको देखेपछि आफ्नो कम्पनीले फिल्मको जापान अधिकार खरिद गरेको उनको भनाई छ ।
फिल्मको टिजर केही अगाडि सार्वजनिक भएको थियो । टिजरलाई दर्शकले निकै रुचाएका छन् । टिजरमा नायक सुशिल श्रेष्ठको गेटअप, उनको एङ्ग्री अवतारको तारिफ भएको छ ।
फिल्ममा सुशिलको अलावा नरेश पौडेल, शिक्षा सङ्ग्रौला लगायतका कलाकारले अभिनय रहेको छ । असोजको ३ गते संविधान दिवसको अवसर पारेर रिलिजमा आउन लागेको यो फिल्मलाई विक्की महर्जनले निर्देशन गरेका हुन् । अमित अग्रहरि निर्माता रहेको फिल्मलाई साहिल खानले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण