यूएनए इन्टरटेन्मेन्टले किन्यो ‘द आउटलः दफा २१९’को जापान अधिकार
बिहीबार, १७ साउन २०८१, १० : ४६
काठमाडौँ । फिल्म ‘द आउटलः दफा २१९’को जापान अधिकार बिक्री भएको छ । जापानका लागि फिल्म वितरण यूएनए इन्टरटेन्मेन्टले किनेको हो ।
कम्पनीका प्रमुख उज्ज्वल गुरागाँइले फिल्मको टिजर सार्वजनिक भएपछि दर्शकमा फिल्मलाई लिएर उत्साह बढेको देखेपछि आफ्नो कम्पनीले फिल्मको जापान अधिकार खरिद गरेको उनको भनाई छ ।
फिल्मको टिजर केही अगाडि सार्वजनिक भएको थियो । टिजरलाई दर्शकले निकै रुचाएका छन् । टिजरमा नायक सुशिल श्रेष्ठको गेटअप, उनको एङ्ग्री अवतारको तारिफ भएको छ ।
फिल्ममा सुशिलको अलावा नरेश पौडेल, शिक्षा सङ्ग्रौला लगायतका कलाकारले अभिनय रहेको छ । असोजको ३ गते संविधान दिवसको अवसर पारेर रिलिजमा आउन लागेको यो फिल्मलाई विक्की महर्जनले निर्देशन गरेका हुन् । अमित अग्रहरि निर्माता रहेको फिल्मलाई साहिल खानले सम्पादन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण