आफ्नो घर बोलाएर युवकको हत्या गर्ने पक्राउ
मोरङ । उर्लाबारीमा युवकको हत्या गरेकोमा प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका-५ बस्ने सुभाष तामाङ रहेका छन् ।
तामाङले गत मंगलबार उर्लाबारी नगरपालिका-४ आइतबारे घर भएका २१ वर्षीय कुशल दाहाललाई घरमा बोलाएर लाठी, धारिलो हतियार, खुकुरी, चुप्पी लगायत प्रहार गरी गम्भीर घाइते बनाएका थिए । दाहालको सो राति बीएन्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनापछि फरार रहेका तमाङलाई मोरङकै सुन्दर हरैँचा नगरपालिका-४बाट पक्राउ गर्न सफल भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार प्रारम्भिक अनुसन्धानबाट तामाङले पूर्वयोजना बनाएर दाहालको हत्या गरेको पाइएको छ ।
उनलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट ४ दिन म्याद थप गरिएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्युनिसियादेखि त्रिपुरेश्वरसम्म : जलिरहेका नागरिकका पदचाप
-
एकैदिन ७३ प्राकृतिक प्रकोपका घटनाः दुई जनाको मृत्यु, एक बेपत्ता
-
सिन्धिया राजपरिवारको एक खर्ब भन्दा बढीको सम्पत्ति पशुपति र धवलशमशेरका परिवारको भागमा !
-
स्ट्रेट अफ होर्मुजनजिक ओमानको तटमा तीन तेल ट्यांकरमाथि आक्रमण
-
‘५० हजार जरिवानाको कुरा भ्रम मात्रै, जरिवाना तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था’
-
गृहमन्त्री र मिटरब्याज पीडितबिच दोस्रो चरणको वार्ता सम्पन्न, माग पूरा नभए काठमाडौँतर्फको यात्रा अघि बढाउने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण