कक्षा १२ को नतिजा सुधार : ९ हजार ५९१ विद्यार्थीले ल्याए ३.६१ देखि ४.० जीपीए
शुक्रबार, १८ साउन २०८१, ११ : ५९
काठमाडौँ । कक्षा १२ को सार्वजनिक नतिजा अनुसार नौ हजार ५९१ विद्यार्थीले ‘ए प्लस ग्रेड’ ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार उनीहरूले ३.६१ देखि ४.० जीपीए अर्थात ‘ए प्लस ग्रेड’ ल्याएका हुन् ।
यसअघि गत वर्ष २०७९ सालको नतिजा अनुसार ६ हजार ९७६ विद्यार्थीले ३.६१ देखि ४ जीपीए ल्याएका थिए । २०७८ सालको नतिजा अनुसार चार हजार १७९ विद्यार्थीले ३.६ देखि ४ जीपीए ल्याएका थिए ।
विगतको तुलनामा यो वर्ष ए प्लस ग्रेड ल्याउने विद्यार्थीको सङ्ख्या बढेको हो । त्यस्तै समग्र नतिजामा समेत सुधार देखिएको छ । नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी पास भएका छन् ।
गत वर्ष ५१.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । भने २०७८ सालमा ४६.४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण