विभिन्न जिल्लाबाट लागु औषधसहित पाँच जना पक्राउ
काठमाडौँ । विभिन्न जिल्लाबाट लागु औषधसहित पाँच जना पक्राउ परेका छन् । मोरङ, मकवानपुर, झापा लगायतका जिल्लाबाट पाँच जना पक्राउ परेका हुन् ।
मोरङको विराटनगर महानगरपालिका–१६ यादव टोल बस्ने ४३ वर्षीया भोलिमाया यादवलाई १ किलो ८० ग्राम गाँजा र नगद २ लाख ४१ हजार ५ सय रुपैयाँसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र
लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
त्यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ चुरीमाई नजिकै पिपल चौतरास्थित सडकबाट १० किलो २ सय ५० ग्राम चरेससहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा नवलपरासी पश्चिम रामग्राम नगरपालिका–८ बस्ने ४३ वर्षीय अनिलभर चौधरी र पर्सा सखुवा प्रसौनी गाउँपालिका–१ सथवल बस्ने २७ वर्षीय हरि गौरव रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना.६ ख ५८३९ नम्बरको बसलाई बिहीबार जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त चरेससहित पक्राउ गरेको हो ।
उता, झापाको शिवसताक्षी नगरपालिका–८ रत्नचोक बस्ने २४ वर्षीय फुर्वा तामाङलाई १ ग्राम ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले बिहीबार राति उनको घर तलासी गर्दा उक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यसैगरी पर्साको ठोरी गाउँपालिका–२ सुन्दरबस्ती बस्ने ३० वर्षीया अनिता गुरोलाई पनि करिब ५० किलोग्राम गाँजा सहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले बिहीबार राति उनको घर तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
हाल फरार अनिताको श्रीमान् नन्दु गुरोको प्रहरीले खोजी भइरहेको जानकारी दिएको छ । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण